एजेन्सी । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले अष्ट्रेलिया समक्ष १ सय ७७ रनकाे लक्ष्य प्रस्तुत गरेको छ ।
दुबईको अबुधाबीमा पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ७६ रन बनायो ।
पाकिस्तानका लागि मोहमद रिजवान र फकर जमानले शानदार अर्धशतकीय इनिङ्स खेले ।
रिजवानले ६७ रन बनाए । उनले ५२ बलमा ३ चौका र ४ छक्काको मदतले सो रन बनाएका हुन् ।
जमान ५५ रनमा नटआउट रहे । उनले ३२ बलमा ३ चौका र ६ छक्काको मदतले सो रन बनाएका हुन् ।
कप्तान बाबर आजमले ३९ रनको योगदान दिए । उनले ३४ बलमा ५ चौकाको मदतले सो रन बनाएका हुन् ।
सोएब मलिक १ र आशिफ अली शुन्य रनमा पोविलियन फर्किए । मोहमद हाजिफ १ रनमा अविजित रहे ।
अष्ट्रेलियाका मिचेल स्टार्कले २ तथा एडम जाम्पा र प्याट कुमिन्सले समान १–१ विकेट लिए ।
विजेता टोलीले फाइनलमा न्युजिल्याण्डसँग खेल्नेछ । इङ्ल्याण्डलाई हराउँदै न्युजिल्याण्ड बुधबारनै फाइनल पुगिसकेको छ ।