काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत दोस्रो सेमिफाइनलमा पाकिस्तान र अष्ट्रेलियाबीच खेल हुँदैछ ।
दुबईमा हुने खेलका लागि अष्ट्रेलियाले टस जितेर पाकिस्तानलाई ब्याटिङका लागि निम्तो दिएको छ ।
अष्ट्रेलिया आरोन फिन्चको कप्तानीमा मैदानमा उत्रदै छ भने पाकिस्तानको कप्तानको रुपमा बाबर आजम रहेका छन् ।
सुपर १२ अन्र्गत समूह २ को विजेताको रुपमा पाकिस्तान सेमिफाइनलमा प्रवेश गर्दा अष्टे«लिया भने समूह १ को उपविजेता टोलली हो ।
समूह चरणमा पाकिस्तानले आफ्ना सबै पाँच खेल जितेको थियो ।
जारी विश्वकपमा पाकिस्तानले मात्र पराजय भोगेको छैन ।
अर्कोतर्फ अष्ट्रेलियाले पाँचमध्ये चार खेलमा जित हात पारेको थियो ।
उसले केवल इंग्ल्यान्डविरुद्ध हार व्योहोरेको थियो ।
प्रतियोगिता अन्तर्गत इंग्ल्यान्डलाई पराजित गरेर न्यूजिल्यान्ड फाइनलमा प्रवेश गरिसकेको छ ।