काठमाडौं । विद्यालय स्तरीय यू–१९ क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल)मा समाजसेवी सुमित्रा बस्नेतले सहकार्य गर्ने भएकी छिन् ।
धनगढीमा आगामी माघको दोस्रो साता सुरु हुने प्रतियोगितामा समाजसेवी तथा खेलप्रेमी बस्नेतले ‘ब्राउट टू यू बाइ’को रुपमा सहयोग गर्ने भएकी हुन् ।
सम्झौता पत्रमा लिटर फ्लावर स्पोर्टस एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाही र समाजसेवी बस्नेतबीच बिहीबार हस्ताक्षर भएको छ ।
अध्यक्ष शाहीले खेल क्षेत्रको उत्थानमा बस्नेतले देखाएको अग्रसरतामा खुसी ब्यक्त गरेका छन् ।
प्रतियोगितामा देशभरका १० विद्यालय टिमको सहभागिता रहने छ ।
लिग कम नक आउट फरम्याटमा खेलाइने प्रतियोगितामा १० टिमलाई २ भागमा विभाजन गरेर प्रत्येक टिमले लिग चरणका ४ खेल खेल्न पाउने छन् ।
प्रत्येक टिममा १९ वर्षमुनिका ४ जना खेलाडी राख्न पाइनेछ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट बलरलाई १० हजार, उत्कृष्ट ब्याट्सम्यानलाई १० हजार र उदीयमान खेलाडीलाई १० हजार प्रदान गरिने छ ।