काठमाडौं । कोभिड–१९ महामारीका कारण गत वर्ष हुन नसकेको एथेन्स म्याराथनको श्रृङखला यसै साता हुने भएको छ ।
ग्रिसले आयोजना गर्ने ४२ किलोमिटर, १० किलोमिटर र ५ किलोमिटर दुरीको ३८ औं श्रृङखलामा करिब ३० हजार प्रतिस्पर्धाले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
म्याराथन श्रृङखला कोभिड–१९ को सुरक्षा मापदण्ड पुरा गरेर आयोजना गरिने छ ।
सहभागिहरुलाई पूर्ण खोप लगाएको तथा कोभिड–१९ लागेकाहरुले किट संकलन गर्नुभन्दा १५ दिन अघि निको भएको प्रमाण पेश गर्नुपर्नेछ ।
छोटो दुरीको दौड शनिबार आयोजना गरिने छ भने ४२ किलोमिटरको म्याराथन आईतबार हुने छ ।
एथेन्स म्याराथन हरेक लामो दूरीका धावका लागि प्रतिकात्मक दौड हो ।
त्यसैले आयोजकहरुले यसलाई अथेन्टीक वार्षिका कार्यक्रमको रुपमा लिने गरेका छन् किनभने यहाँबाट २५ औं शताब्दीमा म्याराथन सुरु भएको थियो ।
सन् १८९६ मा भएको पहिलो आधुनिक ओलम्पिकमा ओलम्पिक खेल तथा म्यारथनको पुनरावृतिपछि हजारौले यसमा प्रतिस्पर्धा गर्दै आएका छन् ।
सन् २०१९ मा १ सय ५ देशबाट ६० हजारले सहभागिता जनाएका थिए ।