जोकोभिचले रचे इतिहास
२०२१ नोभेम्बर ७, आइतबारखेलपाटी संवाददाता

काठमाडौं । सर्वियाका नोभाक जोकोभिच ऐतिहासिक रुपमा सातौ पटक एटिपीको वरीयतामा विश्व नम्बर १ टेनिस खेलाडी बन्दै वर्षको अन्त्य गर्ने निश्चित भएको छ ।
जोकोभिचले अमेरिकी लेजेन्ड पेटे सामप्रासको कीर्तिमानलाई समेत भंग गरेका छन् ।
अष्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्वल्डनको उपाधि जितेको जोकोभिचले युएस ओपनको फाइनलमा पराजय भोगेका थिए ।
जोकोभिचले रोलेक्स पेरिस मास्टर्सको सेमिफाइनलमा पोलान्डका हुवर्ट हुर्काजलाई पराजित गरेपछि सामप्रसको कीर्तिमान भंग गरेका हुन् ।
सामप्रस सन् १९९३ देखि १९९८ सम्म ६ पटक विश्व नम्वर १ खेलाडी बन्दै वर्षको अन्त्य गरेका थिए ।
यता ३४ वर्षीय जोकोभिचले भने विगत ११ वर्षमा सात पटक विश्व नम्बर १ खेलाडीको रुपमा वर्षको अन्त्य गर्दैछन् ।
उनी सातौ पटक पेरिस मास्टर्सको फाइनलमा प्रवेश गरेका हुन् ।