काठमाडौं । टी–ट्वान्टी विश्वकपमा भारतीय टिमले उत्कृष्ट पुनरामगन गरेको छ ।
अफगानिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको भारतले स्कटल्याण्डविरुद्ध समेत शानदार जित निकालेको छ ।
दुई शानदार जित सहित भारतीय टिमको नेट–रनरेट समेत उत्कृष्ट बनेको छ । यसले भारतको सेमिफाइनलको सम्भावना पुन जागृत गरेको छ ।
के भारत सेमिफाइनल पुग्न यति सजिलो छ । यसलाई बुझ्न आवश्यक छ ।
भारतीय टिमले स्कटल्याण्डलाई मात्र ८५ रनमा आउट गरेको थियो ।
भारतलाई न्युजिल्याण्ड भन्दा नेट–रनरेटमा अघि बढ्न प्राप्त लक्ष्यलाई ५३ बलमा र अफगानिस्तान भन्दा नट–रनरेटमा अघि निस्कन ४३ बलमा लक्ष्य पुरा गर्न आवश्यक थियो ।
भारतीय टिमले आवश्यकता अनुसारको ब्याटिङ्ग प्रर्दशन गर्यो र ७ ओभरमै लक्ष्य पुरा गर्यो ।
स्कटल्याण्डलाई पराजित गर्दै भारत समूह दुईको तेस्रो नम्बरमा उक्लिएको छ ।
मुख्य कुरा भारतको नेट–रनरेट अफगानिस्तान र न्युजिल्याण्डभन्दा राम्रो बनेको छ । यदी सेमिफाइनल पुग्न नेट–रनरेट आवश्य परेको खण्डमा भारतीय टिमलाई फाइदा पुग्नेछ ।
भारतीय टिमलाई समूहमा राम्रो नेट–रनरेटको फाइदा पुगेको छ ।
तर टिमलाई अझै चमत्कारी नतिजाको आवश्यकता छ । कुनै चमत्कारी नतिजाले मात्र भारतको सेमिफाइनलको ढोका खोल्न सक्छ ।
अफगानिस्तान र स्कटल्याण्डविरुद्ध प्राप्त जितले भारतको ४ अंक भएको छ ।
जसले गर्दा भारतको रनरेट प्लस १ दशमलव ६१९ छ ।
भारतको नेट–रनरेट समूह बीमा सबैभन्दा राम्रो छ । तर पनि भारत तेस्रो नम्बरमा रहेको छ । अझै अंकको आधारमा न्युजिल्याण्ड भन्दा २ अंकले पछि छ ।
यदी भारतीय टिम सेमिफाइनल पुग्छ चाहन्छ भने उसले नामिबियालाई फराकिलो अन्तर हराउनुपर्नेछ ।
साथै न्युजिल्याण्डको नतिजामा समेत भर पर्नुपर्नेछ ।
अर्थात उसले अफगानिस्तानसँग न्युजिल्याण्डको हारको कामना गर्नुपर्नेछ । त्यस अवस्थामा मात्र भारतीय टिमलाई नेट–रनरेटको फाइदा पुग्न सक्छ ।