काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गत न्यूजिल्यान्डले नामिवियालाई ५२ रनले पराजित गरेको छ ।
सुपर १२ को समूह २ अन्तर्गतको खेलमा १ सय ६४ रनको लक्ष्य पछ्याएको नामिवियाले निर्धाारित ओभरमा ७ विकेट गुमाउदै १ सय ११ रनमात्र जोड्न सक्यो ।
नामिवियाका लागि माइकल भान लिङगेनले सर्वाधिक २५ रनको जोडे ।
न्यूजिल्यान्डका टिम साउथी र ट्रेन्ट बोल्टले दुई–दुई विकेट चटकाए ।
मिसेल सान्टनर, जेम्स निशान र इश सोधी एक–एक विकेट हात पारे ।
यस अघि ब्याटिङको निम्तो पाएको न्यूजिल्यान्डले निर्धारित ओभरमा ४ विकेट गुमाउदै १ सय ६३ रन जोडेको थियो ।
न्यूजिल्यान्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ३९ रन जोड्दा जेम्स निशानले ३५ रनको योगदान गरे । कप्तान केन विलियम्सन २८ रनमा आउट भए ।
नामिवियाका वर्नार्ड स्कोल्ज, डेभिड वाइजी र जेरहार्ड इरासमसले समान एक–एक विकेट हात पारे ।
यस नतिजासँगै न्यूजिल्यान्डले चार मध्ये तीन खेल जित्दै सेमिफाइनल प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ ।
यता चार खेल खेलेको नामिवियाको यो तेस्रो पराजय हो । पराजयसँगै नामिविया प्रतियोगिताबाट बाहिरिएको छ ।