काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज शुक्रबार दुई महत्वपूर्ण खेल हुनेछ ।
सुपर १२ को समूह २ अन्तर्गत न्यूजिल्यान्डले नामिविया तथा भारतले स्कटल्यान्डको समाना गर्नेछ ।
पहिलो खेल न्यूजिल्यान्ड र नामिवियाबीच शारजाहमा दिउँसो ३ः४५ मा हुनेछ भने भारत र स्कटल्यान्डबीचको खेल दुबईमा राती ७ः४५ बजे सुरु हुनेछ ।
प्रतियोगिता अन्तर्गत सेमिफाइनलको सम्भावना कायम राख्न न्यूजिल्यान्ड, नामिविया र भारतका लागि आजको खेल महत्वपूर्ण छ ।
लगातार चार खेलमा जित हात पार्दै पाकिस्तानले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ भने बाँकी एकस्थानका लागि अफगानिस्तान, न्यूजिल्यान्ड, भारत र नामिविया संर्घषरत छन् ।
आठ अंक सहित पाकिस्तान शीर्ष स्थानमा छ भने समान चार–चार अंक रहेको अफगानिस्तान र न्यूजिल्यान्ड क्रमश दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
भारत र नामिवियाको समान दुई–दुई अंक छ र उनीहरु क्रमश चौथो र पाँचौ स्थानमा छन् ।
लगातार तीन खेलमा पराजय भोग्दै स्कटल्यान्ड भने प्रतियोगिताबाट बाहिरिसकेको छ ।