काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गत श्रीलंकाले वेस्ट इन्डिजलाई पराजित गरेको छ ।
सुपर १२ को समूह १ अन्तर्गतको खेलमा श्रीलंकाले २० रनको जित दर्ता गरेको हो ।
१ सय ९० रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ८ विकेट गुमाउदै केवल १ सय ६९ रन जोड्न सक्यो ।
पराजयसँगै वेस्ट इन्डिजको सेमिफाइनल प्रवेश गर्ने झिनो सम्भावना पनि समाप्त भएको छ ।
चार खेल खेलेको वेस्ट इन्डिजले केवल एक खेल जितेको छ ।
श्रीलंका भने एक खेलमा जित र तीन खेलमा पराजय भोग्दै प्रतियोगिताबाट पहिल्यै बाहिरिसकेको थियो ।
बिहिबारको खेलमा वेस्ट इन्डिजका लागि सिमरोन हिटम्यानले सर्वाधिक ८१ रन जोडे । निकोलास पुरन ४६ रनमा आउट भए ।
श्रीलंकाका वानिन्दु सिल्भा, विनुरा फर्नान्डो र चमिका करुणारत्नेले समान २–२ विकेट हात पारे ।
दुसमन्था चमिरा र दासुन सनकाले एक–एक विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ३ विकेट गुमाएर १ सय ८९ रन जोड्न सफल भयो ।
श्रीलंकाका लागि चरिथ असालांकाले सर्वाधिक ६८ रनको योगदान गरे ।
पाथुम निसांकाले ५१ रन जोड्दा कुशल पेरेरा २९ रनमा आउट भए ।
वेस्ट इन्डिजका आन्द्र रस्सलले सर्वाधिक २ विकेट हात पार्दा ड्वायन ब्राभोले एक विकेट लिए ।