काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत भारतले अफगानिस्तानलाई २ सय ११ रनको चुनौती दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको भारतले उत्कृष्ट ब्याटिङ गर्दै निर्धारित ओभरमा दुई विकेट गुमाएर २ सय १० रन जोड्यो ।
भारतीय टिमका लागि रोहित शर्माले ७४ रन जोडे । उनले ४७ बलको सामना गर्दा ८ चौका र ३ छक्का प्रहार गरे ।
केएल राहुलले ६९ रनको इनिङ्स खेले । हार्दिक पाण्ड्याले ३५ रन र रिषभ पन्तले २७ रनको योगदान गरे ।
अफगानिस्तानका करिम जनत र गुलबदिन नइबले एक–एक विकेट हात पारे ।
विश्वकपको सेमिफाइनलमा स्थान बनाउन भारतलाई जित्नैपर्ने दबाब छ ।
अफगानिस्तानसँग पराजित भएको खण्डमा भारत प्रतियोगिताबाट बाहिरिनेछ ।
भारतलाई अफगानिस्तान मात्र नभएर अन्य खेलमा समेत ठुलो अन्तरले जित निकाल्नुपर्ने दबाब छ ।