काठमाडौं । आईओएफटिसीले टोकियो पारा ओलम्पिकमा उत्कृष्ट प्रदर्शन गर्ने पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई नगद सहित सम्मान गरेको छ ।
काठमाडौंमा आज शुक्रबार आयोजित एक कार्यक्रमकाबीच आईओएफटिसीले ओलम्पियन गोवर्धनलाई नगद एक लाखसहित सम्मान गरेको हो ।
वाइल्ड कार्डमार्फत पारा ओलम्पिकमा सहभागिता जनाएकी गोवर्धनले दुई फाइट जितेकी थिईन् । ओलम्पिकमा दुई फाइट जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् ।
आयोजकले पारा ओलम्पिकका दौरान प्रशिक्षक रहेका कविराज नेगी तथा व्यवस्थापक रहेका ओलम्पिय दीपक विष्टलाई जनही ५१ हजारले सम्मान गरेको छ ।
त्यसैगरी, फिजियोथेरापिष्ट नेहा शाह, नेपालमा पारा तेक्वान्दो भित्र्याउन मुख्य भूमिका निर्वाह गर्ने जनार्दन ढुंगेल र तेक्वान्दो प्रशिक्षक कल्याण कुँवरलाई पनि सम्मान गरेको छ ।