रोहित आबद्द पर्सिजा पराजित
मंगलबार, ०९ कार्तिक २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय टिमका सदस्य रोहित चन्द सम्मिलित पर्सिजा जकार्ता ईन्डोनेसियाको लिग वान फुटबलमा पराजित भएको छ ।
मंगलबार भएको खेलमा जकार्ताले पर्सेबाया सुराबायासँग १-० गोल अन्तरले पराजित भएको हो ।
सुराबायाको जितमा ताइसी मुरुकावाले २५ औं मिनेटमा निर्णायक गोल गरे ।
यस हारसँगै जकार्ताले ९ खेलमा १३ अंक जोडेको छ । जकार्ता सातौं स्थानमा रहेको छ ।
सुराबाया १३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।













