काठमाडौं । नेपालका नम्बर एक गल्फर शिवराम श्रेष्ठले सुर्य नेपाल गल्फ टुर अन्तर्गत सेन्ट्रल ओपनको उपाधि जितेका छन् ।
गोकर्ण गल्फ क्लबमा भुवन नगरकोटीलाई १२ स्ट्रोकले पछि पार्दै शिवरामले उपाधि जितेका हुन् ।
शिवरामले बिहिबार ३ अन्डर ६९ को स्कोर जोड्दै समग्रमा १५ अन्डर २ सय ७३ स्कोरसहित उपाधि जितेका हुन् ।
उपाधिसंगै शिवरामले विजेताले १ लाख २० हजार नगद प्राप्त गरे । शिवरामको यो करियरको ४२ औं उपाधि हो ।
बिहिबार १ अन्डर ७१ खेल्दै समग्रमा ३ अन्डर २ सय ८५ स्कोर गरेका भुवन दोस्रो भए । दोस्रो भएका भुवनले ७७ हजार नगद पाए ।
धनबहादुर थापाले अन्तिम दिन ३ ओभर ७५ जोड्दै कुल ५ ओभर २ सय ९३ स्कोरसहित तेस्रो स्थानमा रहे ।
एमेच्योर तर्फको उपाधि टासी छिरिङले जिते ।
प्रतियोगितामा कुल ३१ प्रोफेसनल र ११ एमेचोर गल्फरले प्रतिस्पर्धा गरेका थिए ।