आलोचकको मुख बन्द गर्नेछु – रोनाल्डो

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले म्यान्चेस्टर युनाइटेडका लागि खेल जितेर आफ्ना आलोचकहरुको मुख बन्द गर्ने बताएका छन् ।
एक अन्तर्वार्ताका क्रममा रोनाल्डोले आलोचकहरुले आफ्नो रक्षात्मक खेल हेर्न नचाहने आलोचकको मुख बन्द गरिदिने बताएका हुन ।
दोस्रो पटक युनाइटेड आएका रोनाल्डोले ६ गोल गरिसकेका छन् र च्याम्पियन्स लिग अन्तर्गत दुई खेलको अन्तिम समयमा विजयी गोल गरिसकेका छन् ।
तर आलोचकहरुले भने पाँच पटकका बालोन डि’ओर विजेता रोलान्डो खराब फर्ममा रहेको भन्दै आलोचना गरिरहेका छन् ।
प्रिमियर लिग अन्तर्गतको तथ्यांक र चार्टमा ३६ वर्षीय फरवार्डलाई तल राखेको छ ।
‘मलाई थाहा छ कतिबेला टिमलाई मेरो रक्षात्मक शैलीको आवश्यकता पर्छ । तर टिममा मेरो भूमिका भनेको जित्नु हो, उनीहरुलाई खेल जित्न र गोल गर्नका लागि हो । डिफेन्डस मेरो कामको एक भाग हो ।’ उनले भने ।
उनी यसै सिजनमा इटालियन क्लब युभेन्टसबाट युनाइटेडमा आएका हुन् ।






-1767924589079.webp&w=3840&q=75)
-1767923977114.webp&w=3840&q=75)




-1767840835858.webp&w=3840&q=75)