जुमानु चम्किदा खुमलटारको विजयी सुरुआत

काठमाडौं । एफई खुमलटार भेट्रान्स क्लबले मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा ललितपुर वार्ड नम्बर १४ लाई ४-१ गोल अन्तरले पराजित गर्दै खुमलटारले सुखद सुरुआत गरेको हो।
खुमलटारको जितमा जुमानु राईले दुई गोल गरे । जुमानु प्लेयर अफ दि म्याच समेत बने ।
यस्तै राजकुमार घिसिङ र रितेश खड्काले एक एक गोल गरे ।
ललितपुरका लागि खुमलटारकै विनोद खड्कीले एक आत्मघाती गोल गरे ।

फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी प्रतियोगितामा २१ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
२१ टिमलाई सात समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता र एक उत्कृष्ट उपविजेता टिमले दोस्रो चरणमा स्थान बनाउनेछन् ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउने पाउने छन्।
त्यस्तै विधागत रुपमा उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।








-1767924589079.webp&w=3840&q=75)
-1767923977114.webp&w=3840&q=75)




-1767840835858.webp&w=3840&q=75)