काठमाडौं । वेस्ट इन्डिजका पूर्व कप्तान ब्रायन लाराले भारत आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनल प्रवेश गर्ने विश्वास व्यक्त गरेका छन् ।
युएई र ओमानमा जारी विश्वकपको सुपर १२ अन्तर्गत समूह २ मा भारतले आफ्नो पहिलो खेल आज आईतबार चिरप्रतिद्धन्दी पाकिस्तानविरुद्ध खेल्दैछ ।
यस समूहमा भारत र पाकिस्तानसंगै अफगानिस्तान, न्यूजिल्यान्ड, नामिविया र स्कटल्यान्ड रहेका छन् ।
विराट कोहलीको कप्तानीमा रहेको भारत अन्तिम चारमा प्रवेश गर्ने लाराले विश्वास व्यक्त गरेका हुन् ।
तर सेमिफाइनलपछिको नजिता भने उनीहरुको प्रदर्शनमा भर पर्ने लाराले बताए ।
लाराले न्यूजिल्यान्ड र अष्ट्रेलियाविरुद्धको खेल भारतका लागि सहज भने नहुने दावी गर्दै भारतसंग विश्वकप जित्ने क्षमता रहेको समेत जनाए ।
के एल राहुल, सुर्यकुमार यादव र इशान किशनलाई टिममा स्थान दिनुले भारतको ब्याटिङ अझ बलियोको उनको भनाइ छ ।