युभेन्ट्सको साँघुरो जित
बिहिबार, ०४ कार्तिक २०७८खेलपाटी संवाददाता

काठमाडौं । इटालियन क्लब युभेन्ट्सले च्याम्पियन्स लिग फुटबलमा साँघुरो जित निकालेको छ ।
समूह चरण अन्तर्गत बुधबार राति युभेन्ट्सले जेनिट सेन्ट पिटर्सवर्गलाई १-० गोल अन्तरले हराएको हो ।
युभेन्ट्सको जितमा डिजान कुलुसेभस्कीले निर्णायक गोल गरे ।
डिजानले खेलको ८६ औं मिनेटमा गोल गरेका थिए ।
यस जितसँगै युभेन्ट्सले ३ खेलमा ९ अंक जोडेको छ ।
समूह एचको युभेन्ट्सको यो लगातार तेस्रो जित हो ।
युभेन्ट्स समूहको शीर्ष स्थानमा रहेको छ ।
जेनिट ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।









-1767608511823.jpeg&w=3840&q=75)



-1767597180139.jpeg&w=3840&q=75)