बार्सिलोनाको पहिलो जितमा पिकेको गोल
बुधबार, ०३ कार्तिक २०७८खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा पहिलो जित निकालेको छ ।
समूह चरण अन्तर्गत बुधबार राति युक्रेनी क्लब डायनामो किभलाई १-० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले पहिलो जित निकालेको हो ।
घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन जेरार्ड पिकेले निर्णायक गोल गरे ।
उनले खेलको ३६ औं मिनेटमा गोल गरेका थिए । जोर्डी अलबाको पासमा उनले गोल गरेका हुन् ।
यस जितसँगै समूह ई को बार्सिलोनाले ३ खेलमा ३ अंक जोडेको छ ।
बार्सिलोनाले यस अघिका दुई खेल गुमाएको थियो ।
बार्सिलोना समूहको तेस्रो स्थानमा रहेको छ ।
किभले ३ खेलमा १ अंक जोडेको छ ।
किभ समूहको पुछारमा रहेको छ ।









-1767608511823.jpeg&w=3840&q=75)



-1767597180139.jpeg&w=3840&q=75)