काठमाडौं । अष्ट्रेलियाका बलर जेम्स प्याटिन्सनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।
३१ वर्षीय प्याटिन्सनले बुधबार अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् ।
इंग्ल्यान्डविरुद्धको एसेज सिरिज नजिकिदै गर्दा प्याटिन्सनले सन्यास घोषणा गरेका हुन् ।
सन्यास घोषणा गर्दै उनले अब परिवारलाई समय दिने बताएका छन् ।
प्याटिन्सनले अष्ट्रेलियाका लागि २१ टेस्ट, १५ एकदिवसीय अन्तराष्ट्रिय र ४ टी-ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन् ।
प्याटिन्सनले टेस्टमा ८१, एकदिवसीयमा १६ र टी-ट्वान्टीमा ३ विकेट लिएका छन् ।
पछिल्लो समय उनी चोटबाट ग्रिजिरहेका थिए ।