काठमाडौं । बाल यौन दुराचारको आरोपमा पक्राउ परेका इंग्लिस प्रिमियर लिगका एक फुटबल खेलाडीको जमानत लम्बिएको छ ।
कानूनी कारण देखाउँदै खेलाडीको नाम भने सार्वजनिक गरिएको छैन । उनी एभर्टनका खेलाडी रहेको बताईएको छ ।
उक्त खेलाडी जुलाई १६ तारिखमा पक्राउ गरिएको थियो तथा उनलाई जमानतमा छाड्नु अघि उनीसँग बयान लिइएको थियो ।
ग्रेटर म्यान्चेस्टर प्रहरीका अनुसार उनको जमानत जनवरी १६ तारिखसम्म बढाइएको छ ।
छानविन जारी रहेको अवस्थामा क्लबले उनलाई निलम्बन गरेको छ भने अनुसन्धानमा सहयोग समेत गरिरहेको क्लबले जनाएको छ ।