काठमाडौं । कोरोना भाईरसविरुद्धको खोप लगाउन अस्विकार गरेपछि अमेरिकन फुटबल प्रशिक्षक निक रोलोभिच बर्खास्तमा परेका छन् ।
वासिङ्गटन स्टेट युनिभर्सिटीले खोप लगाउन अस्विकार गरेपछि प्रशिक्षक निकलाई बर्खास्त गरेको हो ।
कोभिडको खोप नलगाएपछि युनिभर्सिटीले सर्वाधिक तलब खादै आएका प्रशिक्षक निकलाई बर्खास्त गरेको हो ।
युनिभर्सिटीले निकसँगै उनका चार सहायकलाई समेत बर्खास्त गरेको छ ।
४२ वर्षीय प्रशिक्षकले युनिभर्सिटीबाट वार्षिक २.२५ मिलियन अमेरिकी डलर तलब पाउदै आएका थिए।