एकै खेलमा ४० गोल !
मंगलबार, ०२ कार्तिक २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्ल्यान्डको पिटरब्रो तथा जिल्ला फुटबल लिगको पाँचौ डिभिजन तथा इंग्लिस फुटबलको १६ औं डिभिजनको एक खेलमा पिटरब्रो रेन्जर्सले पत्याउनै नसक्ने नतिजा निकालेको छ ।
रेन्जर्सले सावट्री रिजर्भसलाई ४०-० ले पराजित गर्दै अप्रत्यासित नतिजा निकालेको हो । खासमा रिजर्भसले केवल ८ खेलाडीसहित मैदानमा उत्रेको थियो र अन्त्यसम्म नै खेल्यो ।
खेलमा सर्वाधिक १३ गोल गरेका रेन्जर्सका खेलाडी तथा व्यवस्थापक ड्वायन रानकिनले आफ्नो टिम गोल अन्तरलाई कम गर्ने हिसाबले मैदानमा उत्रेको बताए ।
खेलका एक प्रत्यक्षदर्शी एन्डी हचक्राफ्टले खेल हेर्दाहेर्दै आफूले गोलसंख्या गन्न बिर्सेको प्रतिक्रिया दिए ।
फुटबलको माथिल्लो तहमा अष्ट्रेलियाले सन् २००२ को विश्वकप छनोटको क्रममा अमेरिकन सामोआलाई ३१-० ले पराजित गरेको थियो ।










-1767418559420.jpeg&w=3840&q=75)




