काठमाडौं । इंग्ल्यान्डका ब्याट्सम्यान लियाम लिभिङस्टोनले टी-ट्वान्टी विश्वकप अन्तर्गत वेस्ट इन्डिजविरुद्धको खेल गुमाउन सक्ने भएका छन् ।
औलामा चोट लागेपछि उनले शनिबार हुने वेस्ट इन्डिजविरुद्धको खेल गुमाउन सक्ने आशंका गरिएको छ ।
सोमबार भारतविरुद्ध दुबईमा भएको अभ्यास खेलका क्रममा लिभिङस्टोनको बायाँ हातको कान्छी औलामा चोट लागेको थियो ।
इंग्ल्यान्डका एक प्रवक्ताले उनको अवस्थाबारे २४ घण्टासम्म निगरानी गरिने बताए ।
उनले बुधबार आबुधाबीमा हुने न्युजिल्यान्डविरुद्धको अभ्यास खेल समेत गुमाउन सक्ने बताइएको छ ।
यता मोइन अलीले लिभिङस्टोन ठिक रहेको विश्वास व्यक्त गरे ।