बराबरीमा रोकियो आर्सनल
मंगलबार, ०२ कार्तिक २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल बराबरीमा रोकिएको छ ।
सोमबार राति भएको खेलमा आर्सनलले क्रिस्टल प्यालेससँग २-२ गोलको बराबरी खेलेको हो ।
घरेलु मैदानमा खेलको आठौं मिनेटमा पिएरे एम्रिक औबामियाङले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको ५० औं मिनेटमा क्रिस्टियन बेन्टेकेले गोल गर्दै प्यालेसलाई १-१ गोलको बराबरीमा फर्काए ।
खेलको ७३ औं मिनेटमा ओड्सोन एड्वार्डले गोल गर्दा प्यालेसले २-१ को अग्रता बनायो ।
तर, खेलको इन्जुरी समयमा एलेक्सजेन्ड्र लाकाजेट्टीले गोल गर्दै आर्सनललाई २-२ को बराबरीमा ल्याएर हारबाट जोगाए ।
यस बराबरीसँगै आर्सनलले ८ खेलमा ११ अंक जोडेको छ ।
आर्सनल लिगको १२ औं स्थानमा रहेको छ ।
प्यालेस ८ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।









-1767418559420.jpeg&w=3840&q=75)




