काठमाडौं । श्रीलंकाले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा विजयी सुरुआत गरेको छ ।
आबुधाबीमा सोमबार राति नामिबियालाई ७ विकेटले पराजित गर्दै श्रीलंकाले सुखद सुरुआत गरेको हो ।
नामिबियाले दिएको ६७ रनको लक्ष्य श्रीलंकाले १३ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।
श्रीलंकाको जितमा भानुका राजपाक्षेले अविजित रहदै सर्वाधिक ४२ रन बनाए । यस्तै अभिष्का फर्नान्डोले अविजित ३० रन बनाए ।
कुशल परेराले ११, दिनेश चण्डीमालले ५ तथा पाथुम निसान्काले ५ रन बनाए ।
नामिबियाका रुबिन ट्रम्प्लेमान, बेर्नार्ड स्कोल्ट्स र जेजे स्मिथले एक एक विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको नामिबियाले १९ ओभर ३ बलमा अलआउट हुँदै ९६ रन बनाएको थियो ।
नामिबियाका लागि क्रेग विलियम्सले २९ रन जोड्दा गेर्हार्ड एरास्मुसले २० रन बनाए । जेजे स्मिथले अविजित १२ रन जोडे । नामिबियाका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
नामिबियालाई सस्तैमा समेट्न श्रीलंकाका महेश थिक्शानाले ३ विकेट लिए । लाहिरु कुमारा र वाविन्दु हसरंगाले २/२ विकेट लिए ।
चामिका करुनारत्ने र दुश्मन्था चामिराले १/१ विकेट लिए ।