शुक्रबार, ११ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

'अल्मुताइरी फर्किए हामी खुशी हुनेछौँ'

सोमबार, ०१ कार्तिक २०७८खेलपाटी संवाददाता
'अल्मुताइरी फर्किए हामी खुशी हुनेछौँ'
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले मुख्य प्रशिक्षक  अब्दुल्लाह अल्मुताइरीले नेपाली फुटबलमा केहि परिवर्तन र सकारात्मक बाटोमा हिडाएको बताएका छन् ।

माल्दिभ्समा सम्पन्न साफ च्याम्पियानिपको उपविजेता बनेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै किरणले प्रशिक्षक अल्मुताइरीको प्रशंसा गरेका हुन् ।

कप्तान किरणले प्रशिक्षक अल्मुताइरी नेपाल फर्किएमा आफुहरु खुशी हुने समेत बताए ।

'प्रशिक्षकको रुपमा उहाँ राम्रो मान्छे हुनुहुन्छ । पक्कै पनि छोटो अवधिमा उहाँले नेपाली फुटबलमा केहि परिवर्तन र सकारात्मक बाटोमा लानु भएको छ,' किरणले भने, 'उहाँ आउनु भयो भने हामी खुशी हुनेछौ ।'

नेपाली टिम सोमबार स्वोदेश फर्किएका छन् । तर प्रशिक्षक अल्मुताइरी भने कुवेत लागेका छन् । प्रशिक्षक अल्मुताइरी केहि समय परिवारसँग बिताएर नेपाल फर्कने बताईएको छ ।

तर, प्रशिक्षक अल्मुताइरीले साफको फाइनल खेल नेपालको लागि आफ्नो अन्तिम खेल भएको बताएका थिए ।

'उहाँले विश्राम लिन चाहन्छु भन्दै हुनुहुन्थ्यो, सायद परिवारसँग विदा मनाउने योजनामा हुनुहुन्छ । प्रशिक्षकको हिसाबले उहाँ राम्रो हुनुहुन्छ, उहाँको नेपालमा रहने वा नरहने विषयमा उहाँ  र एन्फाबीच हुने छलफलले तय गर्ने तथा यो कुरा उहाँहरुलाई नै थाहा होला,' कप्तान किरणले भने ।

एन्फाले उनलाई साफ च्याम्पियनसिपसम्मको लागि मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

प्रशिक्षक अल्मुताइरीको नेतृत्वमा नेपाल साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको थियो  ।

मालेमा शनिबार राति भएको फाइनलमा नेपाल भारतसँग ३-० ले पराजित भएको थियो ।

फाइनलमा पराजित भएपछि नेपाल ऐतिहासिक उपाधि जित्नबाट बन्चित भएको थियो । तर,  नेपाल पहिलो पटक साफको उपविजेता बनेको हो ।

 

कप्तान किरणले अल्मुताइरी सकारात्मक सोचको व्यक्ति भएको समेत बताए ।

'जहिले पनि सकारात्मक सोचको व्यक्ति, जहिले पनि खेलाडीहरुलाई मोटिभेट गर्ने, खेलाडीलाई जहिले पनि बलियो हुनुपर्छ र प्रतिद्धन्दी जस्तो भएपनि बलियोसंग खेल्नुपर्छ भन्ने खालको सकारात्मक व्यक्ति हुनुहुन्छ,' किरणले भने ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने

जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने

जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एनआरटी लगातार तेस्रो पटक फाइनलमा

एनआरटी लगातार तेस्रो पटक फाइनलमा

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा

संकटालाई हराउन एपीएफलाई हम्मेहम्मे

संकटालाई हराउन एपीएफलाई हम्मेहम्मे

पुलिसको सहज सुरुआत

पुलिसको सहज सुरुआत