काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको छ ।
क्यानले सोमबार मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको हो ।
इच्छुक र योग्य व्यक्तिले आफ्नो बायो डाटा र पदको लागि इछ्याएको कारण खुलाउँदै अक्टोबर ३१ सम्म दरखास्त दिन सक्ने छन् ।
मुख्य प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएपछि नेपाली टिम मुख्य प्रशिक्षक विहीन रहेको छ ।
ओमानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिज पछि ह्वाटमोरले नेपाली टिम छाडेका हुन् ।
६७ वर्षीय ह्वाटमोर खुल्ला प्रतिस्पर्धाबाट नै मुख्य प्रशिक्षक नियुक्त भएका थिए । तर, उनले ८ महिना नबित्दै राजीनामा दिएका थिए ।
कस्ता प्रशिक्षकले दर्खास्त दिन सक्छन् ?
- इंग्ल्यान्ड क्रिकेट बोर्ड वा क्रिकेट अष्ट्रेलियाबाट लेभल ३ का प्रशिक्षक रहेकाले
- आईसीसी पूर्ण सदस्य वा फस्ट क्लास क्रिकेट टिम वा एसोसियट राष्ट्रमा पाँच वर्ष प्रशिक्षकको भूमिका निभाएकाले
- क्रिकेटको जानकार तथा क्रिकेट कल्चर बुझेका