घरेलु मैदानमा एभर्टन पराजित
आइतबार, ३१ आश्विन २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले हार व्यहोरेको छ ।
आइतबार राति भएको खेलमा एभर्टन वेस्ट ह्याम युनाईटेडसँग १-० गोल अन्तरले पराजित भएको हो ।
वेस्ट ह्यामको जितमा एन्गेलो ओग्बोनाले निर्णायक गोल गरे ।
उनले खेलको ७४ औं मिनेटमा गोल गरेका थिए ।
यस जितसँगै वेस्ट ह्यामले ८ खेलमा १४ अंक जोडेको छ ।
वेस्ट ह्याम छैटौं स्थानमा रहेको छ ।
एभर्टन १४ अंक जोडेर सातौं स्थानमा रहेको छ ।













-1767335931387.jpeg&w=3840&q=75)