चेल्सी शीर्ष स्थानमा
शनिबार, ३० आश्विन २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले साँघुरो जित निकालेको छ।
शनिबार राति भएको खेलमा चेल्सीले ब्रेन्टफोर्डलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
चेल्सीको जितमा बेन चिलवेलले निर्णायक गोल गरे ।
उनले पहिलो हाफको इन्जुरी समयमा निर्णायक गोल गरे ।
यस जितसँगै चेल्सी लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
चेल्सीले ८ खेलमा १९ अंक जोडेको छ ।
ब्रेन्टफोर्ड १२ अंक जोडेर सातौं स्थानमा रहेको छ ।













-1767335931387.jpeg&w=3840&q=75)