सिटीको सहज जित
शनिबार, ३० आश्विन २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा सिटीले बर्नलीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
सिटीको जितमा बर्नार्डो सिल्भा र केभिन डी ब्रुएनले एक एक गोल गरे ।
खेलको १२ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ७१ औं मिनेटमा ब्रुएनले गोल गर्दै सिटीलाई २-० को जित दिलाए ।
जितसँगै सिटी लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
सिटीले ८ खेलमा १७ अंक जोडेको छ ।
बर्नली ३ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।








-1776781891908.jpeg&w=3840&q=75)
-1776776604257.jpeg&w=3840&q=75)
-1776769465143.jpeg&w=3840&q=75)

