काठमाडौं । सन् २०१८ मा स्कटल्याण्ड क्रिकेट टोलीको मुटु छियाछिया भयो ।
दुई वर्ष अगाडी सन् २०१६ को आईसीसी टी-ट्वान्टी विश्वकपमा हङकङलाई पराजित गरेको स्कटल्याण्ड सन् २०१९ को आईसीसी विश्वकप (५० ओभर) का लागि नजिक पुगेर पनि छनौट हुन सकेन् ।
त्यो पहिलो जित निकाल्नका लागि स्कटल्याण्डलाई ६ वटा विश्वकप खेल्नुपरेको थियो । त्यो दुःख जुन हामी उल्लेख गर्दैछौ त्यो हो सन् २०१९ को विश्वकपका लागि भएको छनौट प्रतियोगिता । पहिलो चरणमा तीन जित र एक हार व्यहोरेको स्कटल्याण्डले सुपर सिक्समा चौंथो स्थानमा रह्यो र छनोट हुनबाट चुक्यो ।
वेस्ट ईण्डिजले ८ अंक र अफगानिस्तान ६ अंकसहित क्रमश पहिलो र दोस्रो स्थान हासिल गर्दै विश्वकपका लागि छनोट हुदा जिम्वावे र स्कटल्याण्डले समान ५/५ अंक जोड्दै तेस्रो र चौथो भए । खासमा सुपर सिक्सको अन्तिम खेलमा स्कटल्याण्डले डीएल माध्यमबाट वेस्ट ईण्डजसँग ५ रनले पराजय भोग्यो । जित हात पारेको भए विश्वकपका लागि छनोट हुने थियो ।
आइतबारबाट युएई र ओमानमा सुरु हुन लागेको टी-ट्वान्टी विश्वकपका लागि भएको छनोट प्रतियोगितामा पनि स्कटल्याण्ड झण्डै चिप्लिएको थियो।
समूह ‘ए’ अन्तर्गत सबैभन्दा बलियो मानिएको स्कटल्याण्ड आफ्नो पहिलो खेलमै सिंगापुरसंग दुई रनले पराजित भयो । त्यसपछि केन्या र पपुवा न्यू गिनीलाई पराजित गरेपनि नामिविया र नेदरल्याण्ड्सविरुद्ध हार्न पुग्यो ।
बर्मुडालाई पराजित गरेपछि समूहमा चौथो भयो । त्यसपछि पाँचौं स्थानको लागि भएको प्ले अफ सेमिफाइनलमा युएई र प्ले अफमा ओमानलाई पराजित गरेपछि स्कटल्याण्ड विश्वकपका लागि छनोट भयो ।
‘हामी यहाँसम्म पुग्नलाई छलफल गर्यौ, हामीले जे प्राप्त गर्न खोजेका थियौ त्यो प्राप्त गर्यौ । तपाईले जे गर्नुभएको छ त्यसका लागि धेरै गर्व गर्नुपर्छ,’ विश्वकपमा छनोट भएपछि स्कटल्याण्डका कप्तान कायल कोयटजरले भनेका थिए ।
छनोट कतिको महत्वपूर्ण छ भन्नेबारे कोयटजरलाई कुनै दुविधा छैन ।
‘टी-ट्वान्टी विश्वकपको महत्व भनेको स्कटल्याण्डको क्रिकेटका लागि एक्पोजर हुनेछ । विश्वकपका लागि छनोट हुने ठूलो कुरा हो तर विश्वकप नै खेल्नु ठूलो अवसर हो,’ कोएटजरले भनेका थिए ।
स्कटल्याण्डले क्रिकेटमा केही समयदेखि लगातार वृद्धि भइरहेपनि यस वर्षको प्रतियोगिताले त्यसलाई थप मलजल गर्ने निश्चित छ । र, विश्वकपको पहिलो चरणमा बंगलादेशविरुद्ध खेल्न लागेको स्कटरल्याण्ड जितको खोजीमा हुनेछ ।
-आईसीसीको सहयोगमा