काठमाडौं । भारतीय क्रिकेट टिमका मुख्य प्रशिक्षकमा राहुल द्रविड नियुक्त भएका छन् ।
युएई र ओमानमा आयोजना हुने टी-ट्वान्टी विश्वकपपछि द्रविडले भारतीय टिम सम्हाल्ने छन् ।
रबि शास्त्रीले टी-ट्वान्टी विश्वकपपछि टोलि छाड्ने भएपछि भारतले द्रविडलाई मुख्य प्रशिक्षक चयन गरेको हो ।
बीसीसीआईका अध्यक्ष सौरभ गांगुली र सचिव जय शाहसँगको छलफलमा द्रविड टिम हेर्न राजी भएको बताईएको छ ।
भारतका पूर्व कप्तान समेत रहेका द्रविडलाई दुई वर्षको लागि मुख्य प्रशिक्षक चयन गरिने बताईएको छ ।
बीसीसीआईले भने आधिकारिक रुपमा केहि बताएको छैन ।
टी-ट्वान्टी विश्वकप अक्टोबर भोलि आइतबारबाट सुरु हुँदैछ ।
भारतले विश्वकपको पहिलो खेलमै पाकिस्तानसँग खेल्नेछ ।
सुपर १२ को समूह २ मा रहेको भारतले पाकिस्तानसँग अक्टोबर २४ मा प्रतिस्पर्धा गर्नेछ ।
भारत र पाकिस्तानबीचको खेल दुबईमा हुनेछ ।