काठमाडौं । चेन्नई सुपर किङ्सले ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको उपाधि जितेको छ ।
दुबईमा शुक्रबार राति भएको फाइनलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नई च्याम्पियन बनेको हो ।
चेन्नईले दिएको १ सय ९३ रनको लक्ष्यसहित ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन मात्र बनाउन सक्यो ।
कोलकाताका लागि शुबमन गिलले सर्वाधिक ५१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै भेन्कातेस एयरले ५० रनको अर्धशतकीय इनिङ्स खेले।
दिनेश कार्तिकले ९, कप्तान इयान मोर्गनले ४, राहुल त्रिपाठीले २, सुनिल नारिने २ रन जोड्दा नितिश राना र शकिब अल हसन सुन्य रनमा आउट भए ।
शिबम माभीले २० रन बनाए भने लक्की फर्गुसनले अविजित १८ रन जोडे ।
चेन्नईले सार्दुल ठाकुरले ३ विकेट लिए । रविन्द्र जडेजा र जोश हाजलउडले २/२ तथा दिपक चाहर र ड्वाने ब्राभोले १/१ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ चेन्नईले २० ओभरमा ३ विकेट गुमाएर १ सय ९२ रन बनाएको थियो ।
चेन्नईका फाप डु प्लेसिसले ८३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मोइन अलिले अविजित ३७ रन जोड्दा रुतुराज गायकवाडले ३२ रन बनाए । रोबिन उथप्पाले ३१ रन बनाए ।
कोलकाताले सुनिल नारिनले २ तथा शिबम माभीले १ विकेट लिए ।
यससँगै चेन्नईले चौंथो पटक आईपीएलको उपाधि जित्न सफल सफल भएको छ । कोलकाताको भने तेस्रो पटक उपाधि जित्ने सपना अधुरो भएको छ ।