एलिसन र फाबिन्होले वाट्फोर्डविरुद्धको खेल गुमाउने
शुक्रबार, २९ आश्विन २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस क्लब लिभरपुलका गोलकिपर एलिसन बेकर र डिफेन्सिभ मिडफिल्डर फाबिन्होले वाट्फोर्डविरुद्धको खेल गुमाउने भएका छन् ।
लिभरपुलले बेकर र फाबिन्होले प्रिमियर लिग अन्तर्गत वाट्फोर्डविरुद्धको खेल गुमाउने पुष्टि गरेको छ ।
लिभरपुलले शनिबार वाट्फोर्डविरुद्ध उसैको मैदानमा खेल्नेछ ।
दुबै खेलाडी विश्वकप छनोटका लागि ब्राजिलियन टिममा रहेका छन् ।
ब्राजिलले शुक्रबार उरुग्वेमाथि ४-१ को जित निकालेको थियो ।
दुबै खेलाडी च्याम्पियन्स लिग अन्तर्गत एट्लेटिको मड्रिडविरुद्धको खेलमा भने टिममा हुनेछन् ।
दुबै खेलाडी स्पेनमा हुने खेल जोडिने लिभरपुलले जनाएको छ ।













-1767335931387.jpeg&w=3840&q=75)