काठमाडौं । युएई र ओमानमा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकपका लागि जब पपुवा न्यू गिनी (पीएनजी) का सदस्यहरु मैदानमा उत्रने छन्, उनीहरुको आँखाबाट आँशु झर्दा कुनै लाज महशुस हुनेछैन । किनभने उनीहरुले आईसीसी विश्वकपमा डेब्यु गर्नेछन् ।
यस अघिका दुई टी-ट्वान्टी विश्वकप छनोटको अन्तिम क्षणमा निराशा हात पारेको पीएनजीले यस पटक भने इतिहास लेख्नेछ । सन् २०१९ मा भएको आईसीसी टी-ट्वान्टी विश्वकप छनोटको समूह ‘ए’ को शीर्ष स्थानमा रहदै पीएनजीले विश्वकपको यात्रा तय गरेको हो ।
‘यो साच्चै मेरो र केटाहरुका लागि गर्वको क्षण हो । हामीले कयौं पटक छनोटको नजिक रहेर पनि छनोट हुन सकेनौं । हामी हाम्रो पहिलो विश्वकप खेल्नबाट केही दिन मात्र टाढा छौ । केटाहरु आईतबारको खेलका लागि उत्साहित छन् । यस महामारीको समयमा यो पपुवा न्यू गिनीका जनताका लागि धेरै कुरा हुनेछ । हामी उनीहरुको अनुहारमा खुसी थप्न चाहन्छौ,’ कप्तान असाद भाला भन्छन् ।
पपुवा न्यू गिनी टोलीका अधिकांश खेलाडीहरु हनुआबाडा गाउँ तथा त्यस वरपरबाट आएका हुन् । हनुआबाडा पोर्ट मारेस्वी नजिकै अवस्थित छ र यसलाई देशको क्रिकेटका लागि धार्मिक घरको रुपमा लिइन्छ ।
यस तटिय गाउँमा जन्म नलिएका तथा नहुर्किएकाहरुले त्यहाँ अवश्य नै क्रिकेट खेलेका छन् । विगत एक दशक अवधिमा पपुवा न्यू गिनीको सिनियर टोलीमा खेलाडीहरु खासै परिवर्तन भएका छैनन् र उनीहरु सिक्दै र अनुभव बट्ल्दै अघि बढिरहेका छन् । त्यसैको नतिजा स्वरुप सन् २०२१ को टोलीले हारको डर बिना खेल्दैछन् ।
कम्तिमा आठजना अलराउण्डर रहने पपुवा न्यू गिनीले क्रिकेटको बहुमुखी प्रतिभालाई नयाँ स्तरमा लिएर जादैछ, उनीहरुको नवौं नम्बरका ब्याट्सम्यानले समेत राम्ररी ब्याटिङ गर्न सक्छन् ।
पपुवा न्यू गिनीको खेलाडीहरुका लागि तयारी मुश्किल भएको थियो, अधिकांश खेलाडीहरुलाई एक्लै अभ्यास गर्नुपरेको थियो । ह्वाट्स एपको माध्यमबाट एक अर्कालाई आग्रह गर्दै दौड्ने समय र जिमका प्रतिस्पर्धा गरेका थिए ।
कमि कमजोरीलाई हटाउने तथा तयारी गर्ने उदेश्यले पपुवा न्यू गिनीका टोली सबैभन्दा अघि ओमान पुगेका छन् । र, उनीहरु प्रतियोगितामा तहल्का मच्चाउन तयार छन् ।
‘इमान्दारीपूर्वक भन्ने हो भने हामी आफैमा विश्वास गछौ,’ भालाले भने ।
‘हामी आफ्नो क्षमता अनुसार खेल्न चाहन्छौ । हामी दोस्रो चरणमा प्रवेश गरेर बलिया टोलीविरुद्ध आफूलाई परिक्षण गर्न चाहन्छौ । हामी यस विश्वकपलाई अन्तिम हुन दिन चाहन्नौ । हामी सुधार गर्दै चाहन्छौ । हामी बलिया टोलीविरुद्ध एक्सपोजर र ज्ञान हासिल गर्न चाहन्छौ,’ भालाले थपे ।
-आईसीसीको सहयोगमा