काठमाडौं । पाकिस्तान क्रिकेट बोर्डले क्रिकेटर जिशन मलिकलाई निलम्बन गरेको छ ।
एन्टी करप्सन कोड उलंघन गरेको कारण पाकिस्तानले मलिकलाई निलम्बन गरेको हो ।
२४ वर्षीय ब्याट्सम्यानले नर्दनबाट नेसनल टी-२० कपमा ५ खेल खेलेका थिए ।
पाकिस्तान क्रिकेट बोर्डले उनीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।
मालिकले पाकिस्तानको यू-१९ टोलीबाट यू-१९ विश्वकप खेलेका थिए।