काठमाडौं । अष्ट्रेलियाका टप अर्डर ब्याट्सम्यान विल पुकोवस्कीलाई मस्तिष्कको समस्या देखिएको छ ।
अभ्यासको दौरान टाउकोमा लागेको चोटको कारण विलको मस्तिष्कमा समस्या देखिएको हो ।
गत हप्ता अभ्यासको दौरान बलले उनको टाउकोमा लागेको थियो । त्यसकै कारण उनलाई मस्तिष्कको समस्या देखिएको बताईएको छ ।
२३ वर्षीय ब्याट्सम्यानले गत जनवरीमा भारतविरुद्ध डेब्यु गरेका थिए ।
इंग्ल्यान्डविरुद्धको एसेस सिरिजमा उनी टिममा पर्ने बताईएको छ।