काठमाडौं । आयरल्याण्डले सन् २००९ मा टी—ट्वान्टी विश्वकपमा डेब्यू गर्दा बंगलादेशविरुद्ध जित निकाल्दै 'सुपर एट'सम्मको यात्रा तय गर्यो । तर त्यसपछि भने उसले जित निकाल्न सकेन ।
त्यतिमात्र होइन । त्यसपछिका दुईवटा विश्वकपमा कुनै पनि खेल जित्न सकेन ।
सन् २०१४ को विश्वकपमा दुईवटा खेल जितेपनि नेदरल्याण्ड्ससंग ठूलो अन्तरले पराजित हुदा नेट रनरेटका आधारमा समूह चरणमा प्रवेश गर्न असफल रह्यो ।
सन् २०१६ को विश्वकपमा समेत आयरल्याण्डले कुनै पनि खेल जित्न सकेन ।
तर जे होस, त्यसपछि आयरल्याण्डले विस्तारै प्रगति गर्दै गइरहेको छ । युवा तथा अनुभवी खेलाडीहरुको मिश्रणले आयरल्याण्डले प्रगति गरिरहेको छ ।
खासगरी टी—ट्वान्टीमा ।
यस पटक उनीहरुसंग खेल जित्न सक्ने खेलाडीहरु पल स्टरलिङ, केभिन ओब्रायन, सिमी सिंह तथा एन्ड्रयू बालविर्नी छन् । जो ठुलो मञ्चमा आफ्नो प्रभाव छाड्न तम्तयार रहेका युवा खेलाडी जस्तै मार्क अडायर, ग्यारेथ डिलानी, कर्टिस क्याम्फरसँग प्रतियोगितामा जानेछन् ।
'टप अर्डर'मा खेल्ने स्टरलिङ र ओब्रायन अनुभवी खेलाडी हुन् ।
हालसालै ३१ वर्षीय स्टर्लिङ अन्तर्राष्ट्रिय टी—ट्वान्टी अन्तर्गत सर्वाधिक रन बनाउने सूचीको चौथो स्थानमा उक्लिएका थिए ।
जबकी ३७ वर्षीय ओब्रायनले क्रिकेटको तीनवटै फर्म्याटमा शतक पुरा गरेका छन् तथा ठूलो मञ्चमा प्रदर्शन गर्ने कौशल उनीसंग छ ।
मध्यमक्रममा बालविर्नीले राम्रो प्रदर्शन गर्न सक्षम छन् भने लेग—स्पीनर अलराउण्डर ग्यारेथ डिलानीले विपक्षी कप्तानका लागि ठाउकोको दुखाई बन्न सक्छन् ।
२१ वर्षीय ह्यारी टेक्टर र २२ वर्षीय कर्टिस क्याम्फर आफ्नो भूमिकामा सुधार गर्दै आइरहेका छन् । आयरल्याण्डले अडायरको रन हान्न सक्ने क्षमतालाई हेरेर 'डेथ ओभर'मा प्रयोग गर्न सक्नेछ ।
सुरुवाती चरणमा नामिविया, नेदरल्याण्ड्स र श्रीलंकासंग एउटै समूहमा रहेको आयरल्याण्डले 'सुपर ट्वेल्भ'मा प्रवेश गर्न उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ ।
- टी ट्वान्टी विश्वकपको प्रिभ्यु आईसीसीको सहयोगमा