काठमाडौं । अकी जुवेन रावतले दोश्रो टिम टेनिस नेपाल जेटीआई जुनियर ओपन टेनिस प्रतियोगिताको यु–१६ ब्वाइज सिंगल्समा शनिबार स्वर्ण जितेका छन् ।
धापाखेलस्थित आयोजक टिम टेनिस नेपालको कोर्टमा भएको फाइनलमा अकीले आर्यन गिरीलाई ६–३ र ६–२ को सोझो सेटमा परजित गरे ।
सोही स्पर्धाको गर्ल्सको उपाधि भिडन्तमा सर्वानी श्रेष्ठले सुनिरा थापालाई ६–४ र ७–५ को सीधा सेटमा हराइन् ।
यु–१४ ब्वाइज सिंगल्स फाइनलमा प्रणव मानन्धरले राजवीर प्रधानलाई ६–४ र ६–० को सोझो सेटमा पाखा लगाउदै शीर्ष स्थान हात पारे । उक्त स्पर्धाको गर्ल्समा सुनिरा थापाले आध्या पौडेललाई २–० को सोझो सेटमा पन्छाइन् ।
डबल्सको ब्वाइजमा अकी जुवेन रावत र निहालजंग थापाको जोडी तथा गर्ल्समा इशाश्री शाह र सर्वानी श्रेष्ठको जोडीले पहिलो स्थान हात पारे ।
विजेतालाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, आयोजक टिम टेनिस नेपालका अध्यक्ष अजय विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।