काठमाडौैं । नेपालका नम्बर एक गल्फर शिवराम श्रेष्ठ १० स्ट्रोक्सको अग्रतासहित सुर्य नेपाल गल्फ टुर अन्तर्गत सेन्ट्रल ओपनको फाइनल चरणमा प्रवेश गरेका छन् ।
गोकर्ण गल्फ क्लबमा बुधबार ३ अण्डर ६९ स्कोर बनाएका श्रेष्ठले कुल १२ अण्डर २०४ स्कोरसहित शीर्ष स्थान कायम राखेका छन् । यस्तै बुधबार इभन पार ७२ स्कोर गरेका भुवन नगरकोटी २ अण्डर २१६ स्कोरसहित दोस्रो स्थानमा छन् । एमेच्योर खेलाडी टासी छिरिङ इभन पार २१६ स्कोरसहित तेस्रो स्थानमा छन् ।
प्रतियोगितामा धन थापा २ ओभर २१८ स्कोरसहित चौथो र ५ ओभर २२१ स्कोरसहित वाङचेन ढोनडुप पाँचौ स्थानमा छन् ।
प्रतियोगितामा कुल ३१ प्रोफेसनल र ११ एमेचोर गल्फरले प्रतिस्पर्धा गरिरहेका छन् । विजेताले १ लाख २० हजार, दोस्रोले ७७ हजार र तेस्रोले ५५ हजार पाउनेछन् ।