नेपाल प्रहरीकाद्वय श्यान्टु श्रेष्ठ र नवीता श्रेष्ठले प्रथम राष्ट्रिय मेयर कप टेबलटेनिस प्रतियोगिताको सिंगल्स उपाधि शनिबार जितेका छन् । दुवै राष्ट्रिय च्याम्पियन हुन् ।
बुटवलमा भएको पुरुष फाइनलमा श्यान्टुले एपीएफका अमरलाल मल्ललाई १२–१०, ११–४, ११–४ र ११–५ को सोझो सेटमा पराजित गरे । श्यान्टुले ५० हजार र अमरले २५ हजार नगद पुरस्कार जिते ।
रुपन्देही जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला फाइनलमा नवीताले नेपाल आर्मीकी स्वेच्छा नेम्वाङलाई ११–५, ११–६, ११–५ र ११–७ को सीधा सेटमा हराइन् । पहिलो हुनेले ३० हजार र दोश्रोले १५ हजार नगद पुरस्कार पाए ।
पुरुष÷महिला सिंगल्समा प्रतिस्पर्धा भएको दुईदिने प्रतियोगिताअन्तर्गत पुरुषमा ५५ र महिलामा ३० खेलाडीको सहभागिता रहेको टेबलटेनिस प्रमुख प्रशिक्षक धर्ममान वज्राचार्यले जनाएका छन् ।