काठमाडौैं । नेपालका नम्बर एक गल्फर शिवराम श्रेष्ठले सुर्य नेपाल गल्फ टुर अन्तर्गत सेन्ट्रल ओपनमा अग्रता कायम राखेका छन् । पहिलो दिनबाटै अग्रता बनाएका श्रेष्ठले दोस्रो दिन मंगलबार पनि आफ्नो अग्रता कायम राखेका छन् ।
श्रेष्ठले दोस्रो दिनसम्म अर्का प्रो खेलाडी भुवन नगरकोटी र एमेच्योर टासी छिरिङलाई ७ स्ट्रोकले पछि पारेका छन् । संयुक्तमा दोस्रो स्थानमा रहेका भुवन र टासीले दुई अण्डर १४२ स्कोर बनाएका छन् ।
धन थापा एक अण्डर १४गोकर्ण गल्फ क्लबमा मंगलबार पाँच अण्डर ६७ स्कोर जोड्दै कुलमा ९ अण्डर १३५ स्कोरसहित श्रेष्ठले शीर्ष स्थान कायम गरेका हुन् ।३ स्कोरसहित चौथो, एक ओभर १४५ स्कोरसहित वाङचेन ढोनडुप पाँचौ र दुई अण्डर १४६ स्कोरसहित सुर्य प्रसाद शर्मा छैटौं स्थानमा छन् । जयराम थापा, दिपक आचार्य, विकास अधिकारी, दिपक मगर, सुनिल केसी र सन्दीप तामाङ संयुक्त सातौं स्थानमा छन् ।
प्रतियोगितामा कुल ३१ प्रोफेसनल र ११ एमेचोर गल्फरले प्रतिस्पर्धा गरिरहेका छन् । विजेताले १ लाख २० हजार, दोस्रोले ७७ हजार र तेस्रोले ५५ हजार पाउनेछन् ।