काठमाडौं । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले इण्डियन वेल्समा हुने विएनपी पारिवास ओपन नखेल्ने भएका छन् ।
२० औं पटकका ग्राण्ड स्लाम विजेता जोकोभिचले युएस ओपनको फाईनलमा डानिल मेदभेदेभसँग पराजित भएयता कुनै पनि प्रतियोगितामा सहभागि भएका छैनन् ।
क्यालिफोर्नियामा हुने विएनपी पारिवास ओपनमा ३४ वर्षीय जोकोभिच पाँच पटकका विजेता हुन् । प्रतियोगिता मार्च हुने भएपनि कोरोना भाईरस महमारीका कारण मिति परिवर्तन गरिएको हो जुन बिहीबारबाट सुरु हुदैछ ।
'मलाई माफ गनुहोस म इण्डियन वेल्समा मेरा प्रशंसकहरुलाई देख्न पाउने छैन र त्यहाँ खेल्ने छैन, मेरो मनपर्ने ठाउमा जानेछैन । म अर्को वर्ष तपाईहरुलाई भेट्ने आशा गर्दछ,' जोकोभिचले आफ्नो ट्वीरमा लेखेका छन् ।
प्रतियोगिताका निर्देशक टोमी हसले नोभाक जोकोभिचले प्रतियोगिता नखेल्नुले निरास भएको प्रतिक्रिया दिए ।
जोकोभिचले वर्ष अन्तिम प्रतियोगिता अर्थात नोभेमा टुरिनमा हुने एटिपी फाईनल्सका लागि स्थान सुरक्षित गरिसकेका छन् र उनले सातौ पटकसम्म विश्व नम्बर एककै स्थानमा रहने पहिलो खेलाडी बन्ने प्रयासमा हुनेछन् ।