काठमाडौं । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किङ्सले कोलकत्ता नाइट राइडर्सलाई हराएको छ ।
अबुधाबीमा आइतबार भएको खेलमा चेन्नईले कोलकत्तालाई २ विकेटले हराएको हो।
कोलकत्ताले दिएको १ सय ७२ रनको लक्ष्य चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।
चेन्नईको जितमा फाप डु प्लेसिसले ४३ रन बनाए । रुतुराज गायकवाडले ४० रन जोड्दा मोइन अलिले ३२ रन बनाए ।
रविन्द्र जडेजाले २२ रन बनाए । कप्तान महेन्द्र सिंह धोनी १ रनमा आउट भए ।
कोलकत्ताका सुनिल नारिनेले ३ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो ।
कोलकत्ताका राहुल त्रिपाठीले ४५ रन बनाए । नितिस रानाले अविजित ३७ रन जोड्दा दिनेश कार्तिकले २६ रन बनाए ।
आन्द्रे रसेलले २० रन जोड्दा भेन्काटेस आयरले १८ रन जोडे ।
चेन्नईका शार्दुल ठाकुर र जोश हाजलउडले २/२ विकेट लिए ।
यस जितसँगै चेन्नई शीर्ष स्थानमा उक्लिएको छ ।
चेन्नईले १० खेलमा १६ अंक जोडेको छ ।
कोलकत्ता ८ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।