वर्षा बाधक, पोखरा र भैरहवाबीचको खेल नतिजा विहीन
आइतबार, असोज १०, २०७८खेलपाटी संवाददाता

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत पोखरा राइनोज र भैरहवा ग्लाडीयटर्सबीचको खेल नतिजा विहीन सकिएको छ ।
टियु क्रिकेट मैदानमा आइतबार भारी वर्षाको कारण पोखरा र भैरहवाको खेल नतिजाविहीन सकिएको हो ।
खेल नतिजा विहीन सकिएसँगै दुबै टोलीले एक एक अंक पाएको छ ।
पोखराले ब्याटिङ गरिरहदा खेल वर्षाले रोकिएको थियो ।
वर्षाले खेल रोकिनु अघि पोखराले १० ओभर १ बलमा ७ विकेट गुमाएर ६५ रन बनाएको थियो ।
पोखराका विवेक यादव १६ रनमा अविजित रहेका थिए ।
असेला गुणारत्ने २३ रनमा आउट भए ।
भैरहवाका दुर्गेस गुप्ताले ३ विकेट लिएका थिए ।










-1762650963668.webp&w=3840&q=75)
-1762650613586.webp&w=3840&q=75)



