साफ च्याम्पियनसिपको लागि भारतको टिम घोषणा
आइतबार, १० आश्विन २०७८खेलपाटी संवाददाता

काठमाडौं । भारतले माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको लागि टिमको घोषणा गरेको छ।
भारतका मुख्य प्रशिक्षक इगोर स्टिमेकले आइतबार साफका लागि २३ सदस्यीय टिमको घोषणा गरेका छन्।
भारतले सुनिल क्षेत्रीको कप्तानीमा साफ खेल्ने टिमको घोषणा गरेको हो ।
साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ।
भारतले अक्टोबर ४ मा बंगलादेशविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
भारत ७ पटकको च्याम्पियन हो ।
पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि अक्टोबर १६ (असोज ३०) मा प्रतिस्पर्धा गर्ने छन्।
भारतको टिम :








-1767268406472.png&w=3840&q=75)





