सोमबार, १६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

ईपीएल : विराटनगरविरुद्ध चितवनको रोमान्चक जित

आइतबार, १० आश्विन २०७८खेलपाटी संवाददाता
ईपीएल : विराटनगरविरुद्ध चितवनको रोमान्चक जित
Loading ad...
mustang rice ad

काठमाडौं । चितवन टाइगर्सले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

टियु क्रिकेट मैदानमा आइतबार भएको रोमान्चक खेलमा विराटनगर वारिवर्सलाई २ विकेटले पराजित गर्दै चितवनले सुखद सुरुवात गरेको हो ।

विराटनगरले दिएको १ सय ५२ रनको लक्ष्य चितवनले २० ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।

चितवनको जितमा राजेश पुलामीले अविजित रहदै सर्वाधिक ४३ रन बनाए । शाहब आलम १ रनमा अविजित रहे ।

यस्तै भिम सार्कीले ३० रन जोड्दा दिलिप नाथले २३ रन बनाए । करिम जनत १९ रनमा आउट हुँदा इशान पाण्डे १० रनमा आउट भए ।

कप्तान सोमपाल कामी ९ रन, सेकुगे प्रसन्न ३ रन  तथा कमल सिंह ऐरी र हमद शाहजाद १ रनमा पेभेलियन फर्किए ।

May be an image of one or more people, people playing sports, grass and text that says 'BAJAJ pulsar WORLD'

विराटनगरका सिकन्दर राजा र करण केसीले २/२ विकेट लिए । प्रतिस जिसी, अनिल खरेल र रायन पठानले १/१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो ।

खराब सुरुवात गरेको विराटनगरका लागि सिकन्दर राजाले ६७ रनको अर्धशतकीय इनिङ्स खेल्दै टिमको इनिङ्स उकासेका थिए । उनले ४७ बलमा ७ छक्का र २ चौका प्रहार गरे ।

यस्तै अनिल शाहले ३२ रन जोड्दा सौरभ खनालले अविजित ३० रन बनाए । बिक्रम भुसालले ७ रन जोड्दा अनिल खरेल सुन्य रनमा अविजित रहे।

विराटनगरका रायन पाठनले ४,  चन्द्रपाउल हेमराजले २, कप्तान करण केसीले १ रन जोडे । सुमित महर्जन, प्रतिष जिसी र आसिफ शेखले खाता खोल्न सकेनन् ।

चितवनका कप्तान सोमपाल कामी,कमल ऐरी,करिम जनत र सागर ढकालले २/२ विकेट लिए । शाहब आलमले १ विकेट लिए ।

यससँगै चितवनले पहिलो खेलमा २ अंक जोडेको छ । चितवन दोस्रो स्थानमा रहेको छ ।

विराटनगरले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

यससँगै चितवनले पहिलो खेलमा २ अंक जोडेको छ । चितवन दोस्रो स्थानमा रहेको छ ।

विराटनगरले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

 

यससँगै चितवनले पहिलो खेलमा २ अंक जोडेको छ । चितवन दोस्रो स्थानमा रहेको छ ।

विराटनगरले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पाँच पटकको च्याम्पियन चेन्नईलाई राजस्थानको चुनौती

पाँच पटकको च्याम्पियन चेन्नईलाई राजस्थानको चुनौती

१३ वर्षपछि मुम्बईको पहिलो खेलमा जित

१३ वर्षपछि मुम्बईको पहिलो खेलमा जित

वानखेडेमा कमजोर कोलकाता

वानखेडेमा कमजोर कोलकाता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
‘रोनाल्डोले आफ्नै इच्छाले एक दिन सन्न्यास लिनेछन्’

‘रोनाल्डोले आफ्नै इच्छाले एक दिन सन्न्यास लिनेछन्’

पाँच पटकको च्याम्पियन चेन्नईलाई राजस्थानको चुनौती

पाँच पटकको च्याम्पियन चेन्नईलाई राजस्थानको चुनौती

युरोपमै खेल्न सलाहलाई सुझाव

युरोपमै खेल्न सलाहलाई सुझाव

रोनाल्डोबिनाको पोर्चुगल खिन्न

रोनाल्डोबिनाको पोर्चुगल खिन्न

१३ वर्षपछि मुम्बईको पहिलो खेलमा जित

१३ वर्षपछि मुम्बईको पहिलो खेलमा जित

राष्ट्रिय शारीरिक सुगठनको उपाधि क्षितिजलाई

राष्ट्रिय शारीरिक सुगठनको उपाधि क्षितिजलाई

वानखेडेमा कमजोर कोलकाता

वानखेडेमा कमजोर कोलकाता

अञ्जन र एरिक राष्ट्रिय टिममा परेनन्

अञ्जन र एरिक राष्ट्रिय टिममा परेनन्