काठमाडौं । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई हराएको छ ।
अबुधाबीमा शनिबार भएको खेलमा दिल्लीले राजस्थानलाई ३३ रनले हराएको हो।
दिल्लीले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय २१ रन मात्र बनाउन सक्यो ।
राजस्थानका कप्तान सन्जु सामसनले ७० रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।
यस्तै महिपाल लोम्रोरले १९ रन जोडे । अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।
दिल्लीका एन्रिच नोर्कियाले २ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन जोडेको थियो ।
दिल्लीका श्रेयस एयरले ४६ रन जोडे । शिम्रोन हिटमायरले २८ रन जोड्दा कप्तान ऋषव प२४ रन बनाए ।
राजस्थानका मुस्ताफिजुर रहमान र चेतन सकारियाले २/२ विकेट लिए ।
यस जितसँगै दिल्ली १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ ।
राजस्थान ९ खेलमा ८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।