चेल्सीको मैदानमा सिटीको जित
शनिबार, ०९ आश्विन २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले चेल्सीलाई पराजित गरेको छ ।
शनिबार भएको खेलमा सिटीले चेल्सीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
चेल्सीको मैदानमा सिटीलाई जित दिलाउन ग्राबियल जिससले निर्णायक गोल गरे ।
खेलको ५३ औं मिनेटमा जिससले कान्सेलोको पासमा गोल गरेका हुन् ।
यस जितसँगै सिटीले ६ खेलमा १३ अंक जोडेको छ । सिटी दोस्रो स्थानमा उक्लिएको छ ।
चेल्सीको पनि ६ खेलमा १३ अंक रहेको छ ।
तेस्रो स्थानको चेल्सीको यो सिजनको पहिलो हार हो ।







-1767268406472.png&w=3840&q=75)





