ख्वाजा : विश्व क्रिकेटमा पैसाकै बोलवाला
२०२१ सेप्टेम्बर २४, शुक्रबारखेलपाटी संवाददाता

काठमाडौं । अष्ट्रेलियाली ब्याटर उस्मन ख्वाजाले पाकिस्तानको भ्रमण रद्द गरेका न्युजिल्यान्ड र इंग्ल्यान्डको चर्को आलोचना गरेका छन् ।
पाकिस्तानमा जन्मेका ख्वाजाले यही भ्रमण यदी भारतका लागि भएको भए, पक्कै पनि रद्द नहुने दाबी पनि गरेका छन् । न्युजिल्यान्डले सुरक्षाको कारण देखाएर पाकिस्तान भ्रमणबीचमै छाडेको थियो ।
लगतै इंग्ल्यान्डले आफ्नो पुरुष र महिलाको पाकिस्तान भ्रमण पनि रद्द गरेको थियो । इंग्लिस र वेल्स क्रिकेट बोर्डले खेलाडीको भलाइकै लागि पाकिस्तान भ्रमण रद्द गरेको जनाएको छ ।

ख्वाजाले भनेका छन्, ‘कसैको लागि पनि पाकिस्तानलाई नाइ भन्न सजिलो छ, किनभने पाकिस्तान पाकिस्तान नै हो ।’
उनले अगाडि भनेका छन्, ‘यदी यही कुरा बंगलादेशका लागि पनि हो भने त्यो स्थितिमा पनि भ्रमण रद्द हुन सक्छ, तर कोही कसैले पनि भारतलाई नाइ भन्न सक्दैन् । यदी भारतमा पनि सुरक्षाको समस्या हुँदो हो त कसैले पनि भ्रमण बीचमा छाड्ने थिएनन्, किनभने विश्व क्रिकेटमा पनि पैसाकै बोलवाला छ ।’
ख्वाजाले यो सबै तथ्य सबैसामु छर्लङ रहेको पनि दाबी गरे । उनी पाँच वर्षसम्म पाकिस्तानमै हुर्के बढेका थिए । त्यसपछि मात्र उनी अष्ट्रेलिया गएका थिए । अर्को वर्ष अष्ट्रेलिया पाकिस्तान भ्रमणमा जानेछ र त्यति बेला उनका लागि आफ्नो जन्मेको देशमा गएर खेल्न कुनै समस्या नहुने पनि बताए । उनका अनुसार पाकिस्तानका सुरक्षाका लागि कडा भन्दा कडा व्यवस्था छ ।
–बीबीसीको सहयोगमा ।